काठमाण्डौ ।
यही वैशाख १० गते हुने उपचुनावको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दलहरूलाई निर्वाचन आयोगले आग्रह गरेको छ । बारा, चितवन र तनहुँमा हुने उपचुनावका लागि कुनैपनि ठाउँमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकप्टर प्रयोग नगरि प्रचार गर्न आयोगले आग्रह गरेको हो । यसअघि नेपालको भौगोलिक जटिलता रहेका तथा विकट ठाउँमा कुनैपनि दलका मुख्य दुई प्रचारकलाई हेलिकप्टर प्रयोग गर्न दिने व्यवस्था रहेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??