६ बैशाख, काठमाडौँ ।
गएको २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ४५० को नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै ३८६ जना सक्रिय संक्रमित पुगेको तथ्यांकले बताएको हो। पछिल्लो २४ घण्टामा ६६ जना संक्रमणमुक्त भएका छन् भने संस्थागत आइसोलेसनमा २१, आइसीयुमा ७ तथा भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??