गैडहवा।
रुपन्देहीको गैडहवामा जारी अध्यक्ष कप नकआउट फुटवल प्रतियोगितामा गोल बजार एफसी सिराहा फाईनलमा प्रवेश गर्न सफल भएको छ। बुधबार गोलबजार एफसी सिराहा र लिस्नु युवा क्लवबिच भएको पहिलो सेमीफाइनलमा गोलबजारले ३(० अन्तरले लिस्नुलाई पराजित गर्दै अन्तिम प्रतिस्पर्धामा प्रवेश गर्न सफल भएको हो। गोलबजारले पहिलो हाफको शुरुवाती समयमै लिस्नु बिरुद्ध पहिलो गोल गरेर आफुलाई कडा प्रतिस्पर्धीको रुपमा देखा परेको हो। लिस्नुले आफ्नो प्रतिस्पर्धी गोल बजारलाई आफ्नो रोमाञ्चकारी खेल प्रदर्शन गर्नबाट गोलबजारका जर्सी नं ११ का विनु आले मगरले खेल शुरु भएको पहिलो मिनेटमै गोल गरेर बञ्चित गराएका थिए। गोलबजारका लागि बिनु मगरले पहिलो गोल गरेको उत्साह नसकिदै गोल बजारकै जर्सी नं। ७ का सुजन पुलामीले टिम पुनः दोश्रो गोल गरी २-० अंकले गोलबजारलाई अग्रता दिएका थिए।
गोलबजारले आफु बिरुद्ध २ गोल गरेपछि दवाबमा परेको लिस्नुलाई गोल फिर्ता गर्नै पर्ने दवावलाई अन्तिम समयसम्म स्थिर बनाउने प्रयत्नलाई गोलबजारका जर्सी नं १४ का उद्धव घलेले तेश्रो गोल गरेपछि भने लिस्नुका समर्थकहरुमा निरास बनेका थिए। लिस्नुका खेलाडीहरुको गोल गर्ने थुप्रै सुनौलो मौका सहितको बल परेपनि त्यसको उचित समयमा सदुपयोग गर्न नसक्दा ३(० गोलले पराजित हुन बाध्य बनाएको हो। पहिलो सेमीफाइनल खेलमा गोलबजार एफ।सी।का उद्धव घले म्यान अफ द म्याच बन्न सफल भएका छन भने उत्कृष्ट फरवार्ड गोल बजारकै बिनु आले मगरले प्राप्त गरेका छन। बैशाख ७ गते भोली फर्साटिकर एफसी शुद्धोधन र राईजिङ्ग स्टार एफ.सी. नवलपरासी बिच दोश्रो सेमीफाइनल हुने न्यू एभरेष्ट युवा क्लवका अध्यक्ष प्रकाश ठकुरीले जानकारी दिनुभएको छ। गैडहवा गाउपालिका वडा नं ८ को देविनगर खेलमैदानमा सञ्चालित गैडहवा अध्यक्ष कप नकआउट फुटवल प्रतियोगिताको संरक्षक गैडहवा गाउपालिका रहेको छ भने गैडहवा गाउपालिकाका ९ वटै वडाको आर्थिक सहयोग रहेको छ। प्रतियोगितामा विजेता टिमले २ लाख २ हजार २२२ रुपैया तथा उपविजेता टिमले १ लाख १ हजार १११ रुपैया सहित कप र मेडल प्राप्त गर्ने क्लवका अध्यक्ष ठकुरीले जानकारी दिनु भएको छ। प्रतियोगिताको फाइनल खेल यही बैसाख ९ गते हुनेछ।