काठमाण्डौ ।
भेरी करिडोरअन्तर्गत ठूलीभेरी नदिमाथि निर्माणाधीन बेलीब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बहराइचका ४० वर्षिय प्रशान्त राजकुमार र सोही ठाउँका ३० वर्षीय धर्मेन्द्र हरीजन चमार रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार घाइते तीनजनालाई थप उपचारका लागि हेलिकोप्टरमा बाँकेको नेपालगञ्ज लगिएको छ ।
अन्य चार घाइतेको जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीस्थित अस्पतालमा उपचार भइरहेको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४ जोड्ने ठूलीभेरी नदीमाथि बनिरहेको बेलीब्रिज आज भाँचिएको हो। मृतक र घाइते उक्त पुल निर्माणका कामदार रहेको बताइएको छ ।