काठमाडौं ।
म्याग्दीको अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको तीन दिनपछि जीवितै उद्धार गरिएको छ । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बिहीबार बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा जिवितै भेटिएका हुन् । सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान साढे १० बजे सात हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिनुभयो । हेलिकप्टरबाट अन्नपूर्ण हिमालबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको बताईएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??