काठमाडौं ।
शुक्रबार रातिबाट नेपाल भारत सीमा नाका बन्द गरिने भएको छ । यहि वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द हुने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको हो । साथै मंगलबार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म जिल्लाभरी मादकपदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिुनभएको छ। उपनिर्वाचनलाई स्वच्छ, धाधलिरहित बनाउनका लागि जिल्लामा शान्ति सुरक्षाको स्थिति मजबुद बनाएको उहाँले बताउनुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??