काठमाडौं ।
आज अक्षय तृतीया पर्व मनाईएको छ । हरेक वर्ष वैशाख शुक्ल पक्षको तृतीयालाई अक्षय तृतीया रुपमा मनाईने गरिन्छ। आज (आइतबार) गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । यस दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। यस अवसरमा हिन्दु धर्मालम्बीहरूले जौको सातु तथा सर्वत खाने गर्दछन।
आजकै दिन सत्य युगको अन्त्य भई त्रेता युगको सुरु भएको विश्वास गरिन्छ । ब्रह्मा–विष्णु–महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख गरिएको छ । वृद्धवृद्धालाई छाता र लौरो दान गर्ने चलन छ ।