spot_img
spot_img
spot_img

सलमानको फिल्म ‘किसी का भाई किसकी जान’ को फितलो कमाई

spot_img

एजेन्सी ।

भारतीय अभिनेता सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ ले पहिलो दिनमा नै फितलो कमाई गरेको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले रिलिजको पहिलो दिन १५ करोड ८१ लाख भारतीय रुपैयाँको व्यापार गरेको हो। तर, फिल्मको बाँकी विवरण भने आएको छैन। ईदको अवसरमा रिलिज भएको यो सलमानको अहिलेसम्मको सबैभन्दा कमजोर ओपनिङ फिल्म साबित भएको छ। ५ हजारभन्दा बढी स्क्रिनमा रिलिज भएपनि फिल्मको आँकडा राम्रो छैन।

सलमान खानका लागि ईद सधैं लक्की रहेपनि यसपटक भने उनको फिल्म सफल हुन सकेन। ‘किसी का भाई किसकी जान’ एक पूर्ण पारिवारिक ड्रामा फिल्म हो, जसमा रोमान्स, एक्सन, पारिवारिक ड्रामा, कमेडी सबै मनोरञ्जनात्मक तत्वहरू समावेश गरिएको छ। कथा औसत छ, तर अप्रत्याशित छ। फरहाद सामजीको निर्देशनमा बनेको यस फिल्ममा सलमान बाहेक पूजा हेगडे, वेंकटेश, भूमिका चावला, शहनाज गिल, पलक तिवारी, राघव जुयाल जस्ता कलाकारहरुको अभिनय रहेको छ। यसपटक फिल्मलाई सलमानको प्रशंसकहरुले खासै रुचाएका भने छैनन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img