spot_img
spot_img
spot_img

कञ्चनमा ३ दिने गाईभैसी पालन सम्बन्धी ३ दिने ब्यवसायिक तालिम शुरु

spot_img

ओसिङ्ग थापा मगर, कञ्चन ।

रुपन्देहीको कञ्चनमा गाई भैसी पालन सम्बन्धी ३ दिने ब्यवसायिक तालिम शुरु भएको छ। कञ्चन गाउपालिकाको आयोजनामा शुरु भएको तालिमको उद्घाटन कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले गर्नुभएको छ । तालिमको उद्घाटन गर्दै कञ्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले परम्परागत ढंगले गरिने कृषि तथा पशुपालन प्रणालीले सामानय जिविको पार्जन भएपनि व्यवसायिकता नदिने भएकोले अवको हरेक पेशा व्यवसायिक र अर्थोपार्जनोन्मुख हुन आवश्यक रहेको बताउनुभयो। कञ्चनलाई कृषि तथा पशु पालनलाई आत्मनिर्भर तथा आयआर्जनका दृष्टिले ब्यबसायिक बनाउन आधुनिकरण हुन आवस्यक रहेको बताउदै अध्यक्ष ढकालले गाई भैसी पालक कृषकहरुलाई आधुनिकरण बनाउन ब्यबसायिक गाउपालिकाले तालिम सञ्चालन गरिएको बताउनुभयो।

यसैगरी कञ्चन गाउपालिकाका प्रवक्ता चित्र तुलाचनले किसानहरुलाई स्वरोजगारमुलक र ब्यबसायिक पेशा अवलम्बन गराउन तालिमको आवस्यक अनिवार्य हुने बताउनु भयो। स्वदेशमै कृषि गरेर पनि आम्दानीको मुख्य श्रोत गराउन सकिन्छ भन्नेबारे हरेक किसानहरुलाई उचित रुपमा अभिमुखीरण र ब्यबसायिक तालिम उपलब्ध गराउन सके किसानहरु कृषि तथा पशुपालन व्यवसायतर्फ आकर्षित हुने प्रवक्रा तुलाचनले बताउनुभयो। कृषक नारायाण् प्रसाद गैरेको अध्यक्षतामामा शुरु भएको तालिममा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका टुकराज न्यौपाने, वडा नंम्बर ३ का वडा अध्यक्ष टिकराम सापकोटाले गाई भैसी पालन व्यवसायमा मेहनत र आधुनिककरण गर्न सके आत्मनिर्भर बन्न सकिने बताउनुभएको थियो। पशु सेवा शाखा कञ्चनका पशु सेवा प्राविधिक नेत्र प्रसाद अधिकारीको स्वागत तथा पशु सेवा प्राविधिक भास्कर घिमिरेको सञ्चालनमा कञ्चन गाउँपालिकाको सभाहल दियोमा तालिमको शुभारम्भ भएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
1
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img