११ बैशाख, काठमाडौं ।
तनहुँ क्षेत्र नम्बर– १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले अग्रता कायम नै राख्नुभएको छ । पछिल्लो परिणाम अनुसार डा. वाग्लेले १२ हजार ७०५ मत पाउनु भएको छ भने उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत पाउनुभएको छ । यस्तै, नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार २१९ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा ६३ हजार सात सय ५७ मत खसेको थियो । मतगणना अहिले जारी छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??