spot_img
spot_img
spot_img

तिलोत्तमा नगरमा फ्रि-वाइफाई सेवा

spot_img

बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा फ्रि वाइफाई सेवा सञ्चालनमा आएको छ। फ्रि वाइफाई सेवाको आज (सोमबार) मणिग्राममा एक कार्यक्रमका बीचमा शुभारम्भ गरिएको हो। लुम्बिनी प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तर्गत योगिकुटिदेखि कोटहिवासम्मको १३ किलोमिटर सडकमा ३८ वटा डिभाइसहरु जडान गरिएको नगरपालिका सूचना प्रविधि उपशाखाका प्रमुख सुदिप ढकालले जानकारी दिनुभएको छ ।

एक ठाउँमा कनेकशन गरेपछि सोही सडकखण्ड भरी वाइफाईले काम गर्ने र एउटा डिभाइसले एक पटकमा २ सय ५६ वटासम्म कनेक्ट गर्न सक्ने क्षमता रहेको उहाँको भनाई छ। तर अहिले तत्कालको लागि १ सय वटा डिभाइस कनेक्ट भएपनि टिकटक भने चलाउन नमिल्ने प्रमुख ढकालले बताउनुभयो। कनेक्ट गर्ने वित्तिकै एउटा हट स्पोट खुल्ने त्यसलाई लगइन गरेर इन्टरनेट चलाउन सकिने पनि उहाँले बताउनुभयो।

तिलात्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले स्वदेश तथा विदेशबाट आएकाहरुको र स्थानीयलाई पनि सहज इन्टरनेट प्राप्तिको लागि यो सेवा दिईएको बताउनुभएको छ । कार्यक्रममा बोल्दै उपप्रमुख जागेश्वरीदेवी चौधरीले यहाँका स्थानीयहरुलाई महत्वपूर्ण काम गर्नका लागि सहजता हुने विश्वासका साथ यो सेवाको शुभारम्भ गरेको उल्लेख गर्नुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img