काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा एक सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार आठ सय १० जनाको नमुना परीक्षण गर्दा एक सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको । सोही अवधिमा ७२ जना सङ्क्रमित निको भएका छन् भने अहिले नेपालमा तीन सय ६२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितमध्ये २९ जना संस्थागत आइसोलेशन, चार जना सघन उपचार कक्ष (आईसीयू) मा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




