११ बैशाख, काठमाण्डौ ।
बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवले अग्रता लिनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पछि पार्दै यादव ८९ मतले अगाडी आउनुभएको हो । प्रतिनिधि सभा सदस्य उपचुनावअन्तर्गत यादवले एक हजार तीन सय ९० मत प्राप्त गर्नुभएको छ भने कुशवाहाले एक हजार तीन सय एक मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले सय २९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेलले दुई सय ५९ मत प्राप्त गर्नुभएको छ । एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका यो क्षेत्रमा ६८ हजार आठ सय ८८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले छ ।