काठमाण्डौ ।
चितवन क्षेत्र नम्बर–२ मा भएको उपचुनावमा भारी मतले निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई विजयी घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिएको छ। मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले आज (मङ्गलबार) राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो। लामिछाने ५४ हजार १ सय ७६ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत पाउदा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाउनुभएको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??