परासी ।
भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा नवलपरासी प्रहरीले बुधबार ४ सय २० बोरा अवैध चिनी बरामद बरामद गरेको छ । सीमावर्ती नाकाबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले विशेष सुराकीको आधारमा उक्त मुल्य बराबरको सामान बरामद गरेको हो । ना ६ ख २९०३ नम्बरको ट्रकमा लोड गरी लैजादै गरेको अवस्थामा भन्सार छलेर ल्याएको ४२० बोरा करिब १६ लाख मुल्य बराबरको अवैध चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभएको छ ।
२१ हजार केजी चिनीसँगै ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै बुधबार नै प्रहरीले ९ लाख ४६ हजारबढी मूल्य पर्ने कपडा बर्दघाटबाट बरामद गरेको छ। भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा बरामद भएका कपडामा साडी, कुर्ता सुरवाल, टिसर्ट, लेडिज टप्स रहेका छन।