१४ बैशाख, काठमाडौं ।
गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को उपाधि बलराम विश्वकर्माले जितेका छन । बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न भएको ग्राण्ड फिनालेमा विश्वकर्मा विजेता घोषित भएका हुन् । विश्वकर्मा विजेता बनेसँगै अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप र वाइल्ड कार्ड प्रतियोगितामा प्रवेश गरेका सन्तोष क्षेत्री सेकेण्ड रनरअप घोषित भएका छन ।
विजेता बनेका विश्वकर्माले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार पनि प्राप्त गरेका छन भने फस्ट रनरअप, सेकेण्ड रनरअपले क्रमश ३ लाख रुपैयाँ नगदसहित पुरस्कार र २ लाख रुपैयाँ नगद प्राप्त गरेका छन । उक्त प्रतियोगितामा ६ जना प्रतिस्पर्धीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।