कञ्चन ।
रुपन्देहीको कञ्चन ३ हरैया रहेको हरैया बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। मुक्तिनाथ विकास बैङ्क हरैया शाखाले उक्त कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा मुक्तिनाथ विकास बैंक हरैया शाखाका प्रमुख भिमप्रसाद श्रेष्ठले विद्यार्थीहरुलाई बैंक र वित्तीय साक्षरताबारे प्रशिक्षण दिनुभएको छ।
अनौपचारिक रुपमा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख प्रकाश खनालले व्यवहारिक कार्यक्रम यस क्याम्पसमा आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??