रुपन्देही ।
रुपन्देहीको मायादेवी गाँउपालिकाबाट प्रहरीले युरिया मल सहित खाद्यान्न नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत ईलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिहिबार मायादेवी गाउँपालिका वडा नं ७ गरकट्टीबाट अवैध खाद्यान्न तथा युरिया (खाद) मल नियन्त्रणमा लिएको हो।
भारतबाट नेपाल तर्फ भन्छार छली चोरी पैठारी गरी अवैध रुपमा लु १ त ९७८० नंको ट्याक्टरमा युरिया(खाद) मल ६० बोरा (३००० के.जी)र गहुँ ८० बोरा (४००० के.जी) ल्याँउदै गरेको अवस्थामा ट्याक्टर सहित १२,८०,००० मुल्य बराबरको खाद्यान्न तथा युरिया (खाद) मल नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।