१६ बैशाख, एजेन्सी ।
दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुको भारतको आन्ध्र प्रदेशमा एक प्रशंसकले मन्दिर बनाएका छन। अप्रिल २८ मा आफ्नो ३६ औं जन्मदिन मनाउन लागेकी सामन्थाको जन्म दिनको अवसर पारेर आन्ध्र प्रदेशको बापल्टामा सन्दीप नामका एक प्रशंसकले उनको मन्दिर बनाएका हुन। सामन्थाको मूर्ति र मन्दिरका तस्बिरहरू सामाजिक सञ्जालमा चर्चामा छन्। तर, अहिलेसम्म मन्दिरको विषयमा सामन्थाको कुनै प्रतिक्रिया भने आएको छैन।
भारतीय सञ्चार माध्यमहरुका अनुसार सन्दीपले सामन्थालाई कहिल्यै भेटेका छैनन्, तर उनी उनको कामको ठूलो प्रशंसक हुन्। सन्दीप सामन्थाको फिल्मका लागि मात्रै होइन सामन्थाले गर्ने सामाजिक कामको पनि तारिफ गर्छन। सामन्थाले वर्षौंदेखि प्रत्युषा फाउन्डेसन मार्फत अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्दै आएकी छिन।