बुटवल ।
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले निःशुल्क रगतलाई पैसा कमाउने माध्यमका रूपमा विकास भएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। सर्वसाधारणले निःशुल्क दान गरेको रगतको मूल्य लिनु गलत काम भएको बताउँदै सामुदायिक अस्पतालमा अझैपनि शुल्क लिने काम हुनु लज्जास्पद भएको बताउनुभएको हो। स्वयंसेवी रक्तदाता समाजको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटनको बुटवलमा उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले जिम्मेवार पदमा हुँदासमेत निःशुल्क रगतलाई बेच्ने काम रोक्न नसकेकोमा दुखेसो व्यक्त गर्नुभयो। कार्यक्रममा हाम्रो रगत नामक पुस्तक विमोचन गरिएको थियो भने हाम्रो रगत गीत सार्वजनिक पनि गरिएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??