spot_img
spot_img
spot_img

विश्व बैंकद्वारा चीनको लागि साढे ३४ करोड डलर ऋण स्वीकृत

spot_img

१७ बैशाख ,एजेन्सी ।

विश्व बैंकले चीनमा कृषि क्षेत्रको विकासको लागि साढे ३४ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । मध्य चीनको हुवेई र हुनान प्रान्तमा हरित कृषि र ग्रामीण क्षेत्रको विकास गर्न ३४ करोड ५० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको विश्व बैंकको बेइजिङ कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो ऋण बाली तथा पशुपालनबाट हरितगृह ग्यास उत्सर्जन घटाउन, उर्बराशक्ति बढाउन, जैविक विविधता संरक्षण र कृषि चक्रको पुनर्स्थापनामा सुधार गर्न प्रयोग गरिने खबरमा उल्लेख छ ।

यस्तै, ऋण रकम किसान तथा सहकारीका सदस्यहरूलाई तालिम र कृषि विस्तार सेवाहरू उपलब्ध गराउने, किसान र खाद्य प्रशोधनकर्ताहरूलाई जलवायुमैत्री कृषि प्रविधिहरू र असल कृषि अभ्यासहरू अवलम्बन गर्न प्रोत्साहित गर्ने जस्ता धेरै क्षेत्रमा काम गरिनेछ । ऋण सहयोगले देशभर लागू गर्न सकिने पाठहरू सिर्जना गर्ने अपेक्षा रहेको चिनियाँ सरकारी अधिकारीले बताएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img