काठमाण्डौ ।
आज मे १ तारिख अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान राष्ट्रको अभियान भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सन् १८८६ मा अमेरिकाको शिकागोमा सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर आज कै दिन श्रमिक दिवस मनाउन थालिएको हो।
विश्वका मजदुरले दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँयने गर्दछन। नेपालमा भने २००७ सालमा विराटनगरमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन सुरु गरिएको हो । विसं २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको थियो । आज पनि सरकारले सार्वजनिक बिदा दिएको छ ।