spot_img
spot_img
spot_img

२५६७औं बुद्ध जयन्तीका लागी तयारी पुरा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

spot_img

बुटवल ।

२५६७औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० भब्यताका साथ मनाउने गरी तयारी पुरा भएको छ । मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख २२ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने यस वर्षको बुद्ध पूर्णिमाको दिनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष समारोहका साथ मनाउन मूल आयोजक समिति, त्यस अन्तर्गत मूल ब्यवस्थापन समिति र विभिन्न उप–समितिहरु गठन गरी तयारी गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराईले जानकारी दिनुभयो ।

वैशाख १९ गते देवदहमा देवदह सुत्तरनारी शक्ति प्रवचन कार्यक्रम, वैशाख २१ गते बिहान दीप प्रज्वलन, महापरित्राण, २२ गते बुद्ध पूर्णिमाको दिन बिहान पुजा पाठ, शोभा यात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल कार्यक्रम आयोजना हुनेछ । यस्तै बैशाख २२ गते पाण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा, २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तु सम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने आयोजकले बताएका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img