कास्की ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बिहीबार प्रदेश सभामा मुख्यमन्त्री पाण्डेको पक्षमा ३५ जना सांसदले सर्मथन गरेका छन् । उहाँको विपक्षमा २२ मत खसेको थियो । बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यकता पर्दछ । पाण्डेलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन रहेको छ भने नेकपा एमाले विपक्षमा रहेको छ भने राप्रपा तटस्थ बसेको हो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??