काठमाण्डौ ।
नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण्ण गरेका छन । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउनुभएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले उहाँहरूलाई हिजो मन्त्री पदमा नियुक्त गर्नुभएको थियो। कानुनमन्त्री बन्नुभएका धनराज गुरुङ नेपाली कांग्रेसका उपसभापतिसमेत हुनुहुन्छ भने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेत केन्द्रीय सदस्य हुनुहुन्छ । तीन जना नै कांग्रेसका तर्फबाट मन्त्री बन्नुभएको हो ।