spot_img
spot_img
spot_img

मोतीपुरमा प्रहरी पोष्ट स्थापना र रात्रीकालीन बजार सञ्चालन गर्नेबारे छलफल

spot_img

बुटवल ।

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा रात्रीकालीन बजार सञ्चालन तथा प्रहरी पोष्ट स्थापना गर्न छलफल सुरु भएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरबीच उक्त विषयमा बिहीबार छलफल भएको हो। उनीहरुबीच बुटवल क्षेत्रको सुरक्षा व्यवस्था, रात्रीकालीन बजार सञ्चालन, अपराध न्यूनीकरणलगायतका विषयमा छलफल भएको बताइएको छ। नगर प्रमुख पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी पोस्ट स्थापना, रात्रिकालीन बजार सञ्चालनमा समन्वय र अपराध न्यूनीकरणमा तदारुकता देखाउन प्रहरी कुँवरसँग आग्रह गर्नुभएको थियो।

पाण्डेयले बुटवल क्षेत्रमा लागूपदार्थ दुर्व्यसन, अपराधका घटना न्यूनीकरणमा प्रहरी संगठनले थप सक्रियता देखाउन जरुरी रहेको बताउनुभयो। पाण्डेयले बुटवलको अमरपथ, कालिका पथमा रात्रिकालीन बजार सञ्चालनका क्रममा सुरक्षा व्यवस्थापनजस्ता विषयमा प्रहरी संगठनले स्थानीय सरकारसँग समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । भेटका क्रममा प्रहरी महानिरीक्षक कुँवरले औद्योगिक क्षेत्रमा प्रहरी पोस्ट स्थापना गर्ने विश्वास दिँदै रात्रिकालीन बजार सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने बताउनुभएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img