बुटवल ।
ईलाका प्रहरी कार्यालय बुटवल परिसरमा नवनिर्मित भवनको आज (बिहिबार) उद्घाटन गरिएको छ। भवनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उद्घाटन गर्नुभएको हो । भवनको उद्धाटन गर्दै कुँवरले प्रहरीले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने र सोही अनुसार आफुले काम गरिरहेको बताउनुभएको छ ।जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गदै सर्वसाधरण नागरिकहरुको जनजिवनलाई सरल सहज र सुक्षित बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो।
‘जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गदै सर्वसाधरण नागरिकहरुको जनजिवनलाई सरल सहज र सुक्षित गराउने दायित्व प्रहरीको हो । यो दायित्व पुरा गर्न हामी प्रतिबद्ध छौँ।’उनले भन्नुभएको छ। साथै महानिरीक्षक कुँवरले आमनगरिकको भरोसा र विश्वमासिलो संघठन भएकाले सबैले महसुश गर्ने किसिमको वातवरण वनाउनका लागि व्यवहारमा रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । ईलाका प्रहरी कार्यालय बुटवलमा २ करोड ४१ लाखमा लागतमा कार्यालय भवन, नागरिक सहायता कक्ष, प्रहरी ब्यारेक, कार्यालय प्रमुख निवास र मेशको निर्माण गरिएको छ ।