एजेन्सी ।
बङ्गलादेशको ढाकाबाट काठमाण्डौका लागि उडेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ। विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक टोलीले चार घण्टाको परीक्षणपछि पुनः उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमानमा ७७ जना यात्रु थिए । दिउँसो १२ बजे पटना विमानस्थलमा आकस्मिक अवतरण गरेपछि विमानबाट हतार हतार यात्रुलाई बाहिर निकालिएको थियो। यसअघि उनीहरूलाई एअर इन्डियाको जहाजबाट पठाउने योजना रहेकोमा पछि विमान बङ्गलादेशकै जहाजबाट काठमाण्डौ पठाइएको खबरमा उल्लेख छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??