इलाम ।
इलामको फिक्कलमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ। सूर्योदय नगरपालिका–१० फिक्कलमा शुक्रबार बेलुका ढिस्कोले पुरिएर चार जना भारतीय नागरिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा झरेको ढिस्कोले बिहार घर भएका तोसिव आलम, अजि मोदिन, मुजाफर आलम र अब्दुल आलमको ज्यान गएको प्रहरीले जनाएको हो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??