spot_img
spot_img
spot_img

कञ्चन लायन्स साप्ताहिक आँखा उपचार क्लिनिक अझ व्यवस्थित हुदै

spot_img

कञ्चन ।

२ वर्ष अगाडी देखि हरेक शनिवार सञ्चालन हुदै आइरहेको कञ्चन लायन्स साप्ताहिक आँखा उपचार क्लिनिक व्यवस्थित र विभिन्न सुविधा सहित सञ्चालन हुने भएको छ। लायन्स क्लव अफ कञ्चनले बर्ष २०२१र२०२२ मा लायन्स किरण क्षेत्रीको घरमा सञ्चालन हुदै आइरहेको उक्त शिविर आज देखि कञ्चन ३ को हर्नाचौरमा रहेको नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाको भवनमा फार्मेसी तथा चस्मा सेवा सहित सञ्चानल हुने कञ्चन लायन्स क्लव अफ कञ्चन हरैया वर्ष २०२१र२०२२ का अध्यक्ष शसिधर सापकोटाले जानकारी दिनुभएको छ। वर्ष २०१९र२०२० का अध्यक्ष दुर्गा सिंह क्षेत्रीको भिजन, २०२०र२०२१ का अध्यक्ष राम बहादुर थापाको मिसन तथा बर्ष २०२१र२०२२ का अध्यक्ष शसिधर सापकोटाको एक्सन पछि ग्रामिण क्षेत्रमा पहलिो पटक आँखा जाँच सेवा शुरु गरिएको थियो।

कञ्चन लायन्स आँखा अस्पताल सञ्चालन गर्नका लागि लुम्बिनी प्रदेश र कञ्चन गाउपालिकाको आर्थिक सहयोगमा कञ्चन ४ को सुनगाभाचोकमा भवन निर्माण भइरहेको छ। लायन्स किरण क्षेत्री र राम बहादुर के।सी।९भरत०द्वारा निशुल्क उपलब्ध भएको २ कट्ठा जग्गामा उक्त भवन निर्माण हुन भइरहेको छ। कञ्चन गाउपालिका वडा नं। ३ का वडा अध्यक्ष टीकाराम सापकोटाद्वारा क्लिनिकको निरिक्षण गर्दै विभिन्न समयमा कञ्चनका स्थानीय संघ संस्थाहरुको समन्वय र सहकार्यमा निशुल्क आँँखा जाँच शिविर समेत सञ्चालन गर्दै आइरहेको लायन्स क्लव अफ कञ्चनले बिभिन्न सामाजिक कार्यहरु समेत सञ्चालन गर्दै आइरहेको लायन्स क्लव अफ कञ्चनका अध्यक्ष मोहन सुनारले बताउनु भएको छ। उक्त साप्ताहिक आँखा उपचार क्लिनिकमा नियमित रुपमा २ सय भन्दा बढीले सेवा लिइरहेको र फार्मेशी र चस्माको समेत सेवा उपलब्ध गराए पछि सेवाग्राहीहरुको चाप बढ्ने लायन्स शसिधर सापकोटाले बिश्वास ब्यक्त गर्नु भएको छ। उक्त क्लिनिकमा कञ्चन लगायत गैडहवा, सैनामैना, शुद्धोधन, लुम्बिनी र कपिलबस्तुको बाणगंगा, तौलिहवा मयादेवी,शुद्धोधनका आँखाको बिरामीहरुले आँखा जाँच गराई सेवा लिइरहेका छन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img