spot_img
spot_img
spot_img

यो त ट्रेलर मात्रै हो, फिल्म देख्न बाँकी नै छ : प्रधानमन्त्री प्रचण्ड

spot_img

काठमाण्डौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताउनुभएको छ । शनिवार आज काठमाण्डौमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले उहाँले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताउदै भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताउनुभएको हो । उहाँले अहिलेको नेपालीलाई भुटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको र पूरा फिल्म देख्न बाँकी नै रहेको उल्लेख गर्नुभयो ।

‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिङ्गै फिल्म देखिन्छ । त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरु आउलान्, धम्कीहरु होलान्, धेरै चिजहरु हुनसक्छ, उहाँले भन्नुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img