झविन्द्र देवकोटा, बुटवल।
बुटवलको क्रियाशिल संस्था लायन्स क्लव अफ बुटवल मणि उजेशले असहाय बालबालिकाहरुलाई एक दिनको खाना तथा सपिङ्ग गराएको छ। तिलोत्तमा मंगलापुरमा रहेको सृजनशिल संस्था नेपाल ९आश्रम० का बालबालिकाहरुलाई उनीहरुले चाहे अनुसारको बजार गराउनुका साथै साँझको खाना खुवाएको हो। मणि उजेशको हंगर रिलिफ कार्यक्रम अन्तरगत आश्रमका डेढ दर्जन बालबालिकालाई उनीहरुको चाहना अनुसारको मणिग्रामको एनजी मार्टमा सपिङ्ग गराउनुका साथै साँझको खाना खुवाइएको अध्यक्ष डाक्टर शान्ता शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आश्रममा आश्रित बालबालिकाहरुका लागि उनीहरुको खुशी र प्रोत्साहनका लागि हंगर कार्यक्रम गरेर क्लवका सदस्यहरुले सँगै खुशी बाटेका हुन् ।
कार्यक्रममा लायन्स ३२५ पीका डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, पाष्ट डिष्टिक गर्भनर अरुणप्रताप राणा, सेकेन्ड भिडिजी पुरुषोत्तम प्रधानांग, डिष्टिक चिफ एडभाईजर वालाराम भट्टराई, सृजनशिल संस्थाका सचिव लिला श्रेष्ठ, सदस्य प्रतिमा पन्थी, एजी मार्टका गिता बन्जाडे, क्लवका उपाध्यक्ष रितु गुरुङ्ग, सृजना श्रेष्ठ, कोषाध्यक्ष सीमा बस्याल लगायतले बालबालिकाहरुलाई गरिएको सानो सहयोगले उनीहरुलाई प्रोत्साहन मिलेको बताउनुभयो । सो कार्यक्रम सम्पन्न पार्नका लागि पौवा होटलले १५ हजार बरावरको खाना सौजन्य गरेको थियो भने इप्सा ढकालले आफ्नो जन्मदिनमा उठेको १० हजार रुपैया, एनजी मार्टले २ हजार एकसय र सुनन्दा मालपानीले २ हजार ५ सय सहयोग गर्नु भएको कार्यक्रम संयोजक रुपम महेश्वरीले जनकारी दिनुभयो ।