एजेन्सी ।
स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । सेभियामा गएराति भएको फाइनल खेलमा ओसासुनालाई २–१ गोलले हराउँदै रियलले उपाधि जितेको हो । रियलको जितमा दुई वटै गोल रोड्रिगोले गरे । उनले खेलको दोस्रो र ७० औँ मिनेटमा गोल गरे । ओसासुनाका लुकास टोरोले एक गोल फर्काए। रियलले सन् २०१४ पछि पहिलो पटक कोपा डेल रे जितेको हो । कोपा डेल रे मा रियल समग्रमा २०औँ पटक च्याम्पियन बनेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




