काठमाडौं ।
नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ। आज (आईतबार) राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले आचार्यलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसको सिफारिसमा आचार्यलाई आईतबार नै मन्त्री नियुक्त गर्नुभएको थियो । हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आउनु भएका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई भने खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मा दिइएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??