२५ बैशाख, काठमाण्डौ ।
आज सोमबार देशका धेरै ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रि(मनसुनको समयमा पानी पार्ने प्रणाली सक्रिय नहुँदा तीव्र गतिमा हावाहुरी चल्ने हुन्छ । सोही कारण दिउँसो केहीबेर तीव्र गतिमा हावाहुरी चल्ने अनुमान गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभएको छ । तत्काललाई देशभर नै ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्काो भनाई छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको भने मौसम आंशिक बदली छ भने यी प्रदेशमा दिउँसो हल्का पानी पर्ने अनुमान छ । यस्तै, राति कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको मौसम बदली हुने अनुमान छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??