spot_img
spot_img
spot_img

श्री एअरलाइन्सको जहाज उडाउन रोक

spot_img

काठमाण्डौ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ । तीन दिनमा दुई पटक समस्या देखिएपछि जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने भन्दै अहिले जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ। गत शनिबार जहाजको ल्यान्डिङ गियरमा समस्या आएकोमा आज सोमवार फेरि त्यही समस्या दोहोरिएपछि उडानमा रोक लगाएको हो।

आज बिहान भैरहवाबाट उडेको श्री एअरको जहाज बीच बाटोबाटै फर्किएर भैरहवामा नै अवतरण गराईएको थियो। जहाज अवतरण भएपनि पाङ्ग्रा लक हुँदा आधा घण्टासम्म धावनमार्गमै रोकिएको थियो। साथै प्राधिकरणले जहाजको मर्मतमा संलग्न इन्जिनियरलाई पनि सोधपुछका लागि ड्युटीबाट हटाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img