spot_img
spot_img
spot_img

कृष्णनगरमा लागुऔषध सहित दुई जना पक्राउ

spot_img

अजय मिश्र, कपिलवस्तु ।

ईप्रका कृष्णनगर द्वारा खटिएको गस्ती टोलीले १० केजी चरेस जस्तो देखिने पदार्थ सहित यात्रुगेट बाट दुइ जनालाई  नियन्त्रणमा लिएको छ। बिहान  १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटि गएको प्रहरी गस्ति टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट स्थित नेपालबाट भारततर्फ शंकास्पद रुपमा जादै गरेका दुइ जनालाई चरेस सहित पक्राउ गरेको हो।

धादिङको साविक खनियावास गाविस वडा नं. ५ बस्ने वर्ष ४९ की संगिता तामाङ र जिल्ला धादिङ साबिक सत्यवती गाविस वडा नं, १ बस्ने वर्ष ५९ की सेती तामाङलाई शंका लागि रितपुर्वक निजहरुको शरिर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध चरेश जस्तो देखिने र गन्ध आउने पदार्थ फेला पारी जसलाई डिजिटल मापन यन्त्रमा तौल गर्दा संगिता तामाङको साथबाट १० केजि पदार्थ फेला परेको तथा पक्राउ परेका व्यक्ति बाट थप अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक नवराज ढुंगेलले जानकारी दिएका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img