spot_img
spot_img
spot_img

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न र कम्तीमा २ हप्ता पक्राउ नगर्न अदालतको आदेश

spot_img

एजेन्सी ।

पाकिस्तानको एउटा अदालतले भ्रष्टाचारको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहा गर्न र कम्तीमा दुई हप्ता फेरि नपक्रिन आदेश दिएको छ । सर्वोच्च अदालतले खानको गिरफ्तारीलाई अवैध ठहर गरेको भोलिपल्ट इस्लामाबाद उच्च अदालतले खानलाई मुक्त गर्न र कम्तीमा दुई हप्ता फेरि पक्राउ नगर्न आदेश दिएको बीबीसीले जनाएको छ । न्यायाधीशहरूले खानलाई कम्तीमा दुई हप्ता सुरक्षित हुने गरी जमानत दिएका हुन् ।

यसअघि खानले रिहा भएलगत्तै आफूलाई पुनः पक्राउ गरिने बताउनुभएको थियो । खानको पक्राउसँगै पाकिस्तानी सेनासँगको उहाँको तनाव बढेको थियो । प्रधानमन्त्री पदबाट हटेपछि खान सेनाको सबैभन्दा प्रखर आलोचक बन्नुभएको छ । गएको मङ्गलवार खान पक्राउ परेपछि पाकिस्तानभरि चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको ज्यान गएको छ भने दुई हजार जनाभन्दा बढी मानिस पक्राउ परेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img