काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । गएराति भएको खेलमा कोलकाताले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको हो । चेन्नईले जितका लागि दिएको १४५ रनको लक्ष्य कोलकाताले ९ बल बाँकी छँदै भेट्टाएको थियो । यस अघि चेन्नईले ६ विकेट गुमाएर १४४ रन जोडेको थियो । विजयी कोलकोता १३ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा रहेको छ भने १३ खेलमा १५ अङ्क जोडेको चेन्नई दोस्रो स्थानमा रहेको छ। यसअघि हिजोको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरले राजस्थान रोयल्सलाई १ सय १२ रनको फराकिलो अन्तरले हराएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??