कञ्चन ।
देशमा व्याप्त भ्रष्टाचार, अनियमित र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ब्यक्तिहरुलाई कार्वाहीको माग गर्दै शान्तीपुर्ण र्याली सहित कोणसभा सम्पन्न भएको छ। कोण सभामा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ब्यक्तिहरुलाई देशद्रोहीको घोषणा गरी गोली नठोकेसम्म देश र जनताले सुख र शान्तीको अनुभुति गर्न नपाउने भन्दै भ्रष्टचारीहरुलाई देशद्रोहको घोषणा गर्न माग गरिएको छ। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश सदस्य दुर्गा बहादुर थापाले भ्रष्टचारीहरुलाई गोली हानेर फासी दिनुको कुनै बिकल्प नभएको बताउनु भयो। देशलाई अन्तराष्ट्रिय स्तरमा लज्जित हुने अवस्थामा पुर्याएको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनको दायरामा लिई कडा भन्दा कडा कार्वाही गर्नबाट सरकार डगमगाएकोले दवावमुलक शान्तीपुर्ण बिरोध र्याली गरिएको नेता दुर्गा बहादुर थापाले ब्यक्त गर्नुभयो।
यस्तै सो पार्टीका युवा नेता गिर बहादुर बिश्वकर्माले भ्रष्टचारीहरुको कुनै धर्म, जाती, लिंग र कुनै भुगोल नहुने बताउनु भयो। देशलाई आर्थिक र राजनैतिक रुपमा कमजोर बनाउनु कुनै पनि भ्रष्टचारीहरुलाई जानसती र पार्टीको नाममा संरक्षण गर्ने र गराउने कार्य भएमा नेपाली जनताले कुनैपनि हालतमा माफ गर्न नसक्ने नेता बिश्वकर्माले बताउनु भयो। कोण सभा हुनु पुर्व कञ्चनको हरैया बजार देखि धौलागिरीचोक, थकालीचोक हुदै गरगरेचोक सम्म शान्तीपुर्ण र्याली प्रदर्शन गरिएको थियो।