कञ्चन ।
राष्ट्रिय युवा संघ नेपाल कन्चन गाउँ कमिटीले संघको ३४औँ स्थापना दिवसको अवसरमा सडक दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यका साथ सडकम जेब्राक्रसिङ्ग निर्माण गरेको छ। लुम्बिनी फायरलाइन सडक अन्तर्गत कञ्चनको मुख्य सडक हरैया, थकालीचोक र गरगरेमा संघले उक्त जेब्राक्रसिङ्ग निर्माण गरेको हो। युवा संघमा आवद्ध युवा तथा नेकपा एमाले सम्बद्ध स्थानीय नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको कार्यक्रममा जेब्राक्रसिङ्ग निर्माण पछि गरगरे चोकमा दीप प्रज्वलन समेत गरिएको थियो। पछिल्लो लुम्बिनी फायरलाइन सडक अन्तर्गत कञ्चनमा बढी सडक दुर्घटना हुदै आएको छ। युवा संघद्वारा निर्माण गरिएको ज्व्राक्रसिङ्गले सडक दुर्घटना न्युनिकरणमा सहयोग पुर्याउने कार्यक्रममा सहभागीहरुको विश्वास रहेको छ।