spot_img
spot_img
spot_img

कवि भुपि शेरचनको ३४औं स्मृति दिवसमा भित्तेपात्रो सार्वजनिक

spot_img

बुटवल ।

राष्टिय कवि भुपि शेरचन स्मति प्रतिष्ठानको ले ३४ औ स्मति दिवसको अबसरमा भित्तेपात्रो सार्वजनिक गरिएको छ। थकाली सेवा समाजका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लाल बहादुर गौचनले थकाली सेवा समिति बुटवल क्षेत्रमा रहेको राष्ट्रिय कवि भुपि शेरचनको शालिकमा माल्यार्पण गदै भित्तेपात्रो सार्वजनिक गर्नु भएको हो। भित्तेपात्रोे सार्वजनिक गर्दै प्रमुख अतिथि गौचनले कवि भुपि शेरचनको समेत स्मरण गर्नुभयो।

नयाँबर्षको शुभकामना समेत ब्यक्त गर्दै भित्तेपात्रोले थकाली समाजको दस्तावेजलाई समेत लिपिबद्ध भएको अध्यक्ष गौचनले बताउनु भयो। थकाली सेवा समिति बुटवलका अध्यक्ष शिव प्रसाद शेरचनको अध्यक्षता तथा सचिव चित्र तुलाचनको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजका बरिष्ठ सल्लाहकार तथा भित्तेपात्रो प्रकाशन समितिका संयोजक सुर्यलाल शेरचनलाई सम्मान गरिएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img