spot_img
spot_img
spot_img

नुहाउन गएका बालकको तिनाउ नदीमा डुबेर मृत्यु

spot_img

बुटवल ।

पाल्पामा नुहाउन गएका बालक पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । तिनाउ नदीमा नुहाउन गएका १५ वर्षीय बालक योगेश सुनारीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सोमबार साँझ करिब ६ बजेको समयमा जिल्ला पाल्पा तिनाउ गा.पा. ५ बिसुनडाँडा घर भई हाल माथागढी ३ अगेनी स्थित याम बहादुर चिदीको घरमा डेरा गरी बस्ने कालुराम सुनारीका छोरा योगेश सोही ठाउँका आफ्ना साथीहरु १५ वर्षीय अनिल चिदी र १५ वर्षीय बिशाल गाहासँग तिनाउ खोलामा नुहाउन गएका थिए ।

पौडी खेल्ने क्रममा अचानक योगेश डुबेको जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट माडीफाँटबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाईएको थियो । उपचारको क्रममा सोमबार राती ८ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको बताइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img