काठमाडौँ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन ९आइओसी०ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो। नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार मंगलबार प्राप्त नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँभन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटेर आएको छ । आइओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १र१ महिनामा पठाउने गरेको छ। आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य के हुने भन्नेबारे छलफल र प्रस्ताव तयार भइरहेको निगमले जनाएको छ। सञ्चालक समितिले उपभोक्ता मूल्य घटाउने वा नघटाउने निर्णय गर्ने निगमका प्रवक्ता ठाकुरको भनाई छ । हाल डिजेलको उपभोक्ता मूल्य प्रतिलिटर १६५ रुपैयाँ र पेट्रोलको १७५ रुपैयाँ रहेको छ।