काठमाण्डौ ।
देशका पहाडी जिल्लाका बेलुकीपख केही ठाउँमा मौसम बदली भर्इ वर्षा हुने सम्भावना रहेको मौैसमविदले जनाएका छन । तराईमा भने लामो समयदेखि पानी पर्न सकिरहेको छैन। आज पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभएको छ। उहाँका अनुसार तराईका धेरै ठाउँमा तत्काल पानी पर्ने सम्भावना देखिएको छैन। पहाडी क्षेत्रका केही ठाउँमा भने आज पनि पानी पर्ने अनुमान गरिएको छ भने प्रिमनसुनका गतिविधि सक्रिय भएकाले पहाडी क्षेत्रका केही ठाउँमा अबका केही दिन बेलुकीपख पानी पर्ने मौसमविदको भनाई छ। उहाँका अनुसार नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुसँगै भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित भएको जलवाष्पयुक्त हावाको प्रभाव परेको छ। यसकै कारण दिउँसो पछि हावाहुरी, मेघगर्जन र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो।