spot_img
spot_img
spot_img

भारत भ्रमणबाट नयाँ रेकर्ड बन्ने प्रधानमन्त्रीद्धारा विश्वास व्यक्त

spot_img

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकट भविष्यमा हुन लागेको भारत भ्रमण नेपाल र नेपाली जनताको पक्षमा नयाँ रेकर्ड बन्ने विश्वास व्यक्त गर्नुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको तयारी भइरहेको बताउनुभएको हो । “केही रेकर्डहरू नेपालको पक्षमा, नेपाली जनताको पक्षमा बनाउने पूरै कोसिस छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अन्तिम र तार्किक निष्कर्षमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । अहिले अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि नेपालको विकास र समृद्धिको पक्षमा सकारात्मक र नयाँ पहलकदमी लिन जोड गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा पनि नेपाल र नेपाली जनताको पक्षमा नयाँ रेकर्ड बन्ने उहाँको भनाई थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img