काठमाडौं ।
बझाङमा हिमपहिरोमा तीन जना बेपत्ता भएका छन भने दुई जना घाइते छन। आज (आइतबार) बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन। उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको जानकारी आएको प्रहरीले जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




