कञ्चन ।
रुपन्देहीको कञ्चन ३ हरैयामा रहेको हरैया बहुमुखी क्याम्पसमा एक दिने मोटिभेस्नल तालिम सम्पन्न भएको छ । गुणस्तरीय जीवनयापन गर्न केकस्ता कुराहरुमा ख्याल गर्ने वा कस्ता विधी अपनाउने लगायतका विविध कुरामा प्रशिक्षण दिईएको हो। अन्तर्राष्ट्रिय रुपमै ख्यातिप्राप्त प्रशिक्षक ऋषि न्यौपानेले तालिम दिनुभएको हो । प्रशिक्षणमा पहिले सामान्य अवस्थामा रहेका र पछि आफ्नो सकारात्मक चिन्तन र व्यवहारबाट सफल बनेका महान् व्यक्तिहरुको उदाहरण दिँदै प्रशिक्षक न्यौपानेले कार्यक्रममा सहभागी विद्यार्थी तथा प्राध्यापकहरुलाई प्रशिक्षण दिदै प्रेरित गर्नुभएको थियो । अनौपचारिक रुपमा कार्यक्रममा सम्बोधन गर्दै क्याम्पस प्रमुख प्रकाश खनालले विद्यार्थीहरुलाई प्रेरित गर्ने यस्ता कार्यक्रम आगामी दिनमा समेत गरिँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । क्याम्पसका झण्डै ५०० भन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो।