spot_img
spot_img
spot_img

जेलबाट निस्किइन् अभिनेत्री, खुसीले रोइन् आमा

spot_img

एजेन्सी ।

बलिउड अभिनेत्री क्रिसन परेरालाई सरजाह प्रहरीले ३ हप्तापछि जेलबाट रिहा गरेको छ । क्रिसन परेरालाई सरजाह विमानस्थलमा प्रहरीले पक्राउ गरेको थियो। क्रिसनको हातमा एउटा ट्रफी थियो जसमा लागु औषध पाइएपछि उनलाई प्रहरीले हिरासतमा लिएको थियो । घटनाको अनुसन्धानपछि क्रिसन निर्दोष भेटिइन् । त्यसपछि उनलाई प्रहरीले रिहा गरिदियो । क्रिसन जेलमुक्त हुने बित्तिकै आफ्नी आमासँग कुरा गरिन् । उनलाई देखेर उनकी आमा खुसीले रोइन् । क्रिसनका भाइ केविन परेराले यो भिडियो आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका छन् ।

क्रिसन बलिउड फिल्ममा स–साना भूमिकामा देखिने गर्छिन् । सडक–२ र बटाला हाउसमा काम गरिसकेकी २७ वर्षकी क्रिसन लगातार अडिसन दिने गर्छिन्। यति नै बेला क्रिसनलाई कसैले दुबईको सिरिजमा कास्ट गर्ने भन्दै युएई बोलायो । १ अप्रिलमा क्रिसन त्यहाँ पुगिन् । प्रहरीका अनुसार कसैले उनलाई लागु औषध ओसार्न प्रयोग गर्‍यो । यसबारे अञ्जान क्रिसन सरजाह विमानस्थलमा पुग्ने बित्तिकै प्रहरीले उनलाई पक्राउ गर्‍यो । अनुसन्धानपछि घटनामा संलग्न दुई जनालाई पक्राउ गरियो । यसमा उनको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको जानकारीमा उल्लेख छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img