काठमाण्डौ।
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले जनाएका छन। मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एकर दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशका एकरदुई ठाउँमा अहिले पनि पानी परिरहेको छ। अन्य प्रदेशमा भने अहिले बिहानको मौसम आंशिकदेखि समान्य बदली छ। तर, दिउँसोको समयमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद्उले जानकारी गराएका छन। स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव कायमै रहेकाले दिउँसो पानी पर्ने अनुमान गरिएको हो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??